माओवादीले फिर्ता लियो सरकारको समर्थन, ओली नेतृत्वको सरकार अल्पमतमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

माओवादीले फिर्ता लियो सरकारको समर्थन, ओली नेतृत्वको सरकार अल्पमतमा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद् सचिवालयमा बुझाएको छ । योसँगै माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता भएको छ ।

यसअघि नै सरकारबाट बाहिरिएको माओवादीले समर्थन भने कायमै राखेको थियो । यसअघि मंगलबार (हिजो) बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

माओवादीका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् । यसपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार १४:००