राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान , प्रधानमन्त्रीले विश्वासको मत लिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बीमा

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान , प्रधानमन्त्रीले विश्वासको मत लिने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपतिले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित : १९ बैशाख २०७८, आईतवार २०:२०