निषेधाज्ञामा सहकारीले यसरी दिदैछन् सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

निषेधाज्ञामा सहकारीले यसरी दिदैछन् सेवा



कोरोना भाइरसले एकातर्फ मानवीय क्षति भइरहेको छ भने अर्कोतिर अर्थतन्त्र धराशायी बनाइरहेको छ । अर्थतन्त्रको मुल खम्बा मध्ये एक सबल खम्बाको रुपमा लिइएको सहकारी क्षेत्र समेत यसबाट अछुतो बन्न सकेको छैन । कोरोनाले नेपालको सहकारी क्षेत्रमा मिश्रित प्रभाव पारेको छ । अहिलेको समयमा सहकारीलाई आफ्ना सदस्यलाई कसरी सेवा दिने भन्ने प्रमुख चुनाैँती रहेको छ । सहकारीले सदस्यलाई यो अवस्थमा कसरी सेवा दिएका छन् भन्ने बिषयमा सरोकारवालाहरूसंग अर्थबजारडटकमले लिइएको विचार :

सदस्यलाई प्रविधिको प्रयोग अनिवार्य गरेका छाैँ

सागर ढकाल
 सचिव
आईएमई को-अपरेटिभ सर्भिस 

हामीले कार्यलय नियमित खोलेका छाैँ । सिमित कर्मचारी राखेर सदस्यलाई सेवा दिदै आएका छाैँ । निशेधाज्ञाका समयमा प्रविधिको प्रयोग बढेको।

हामीले सदस्यलाई प्रविधिको प्रयोग अनिवार्य गरेका छाैँ । यसले हामीलाई काम गर्न धेरै सहज बनाएको छ ।

संस्थाले प्रवाह गरेको एटिएम कार्डबाट सबै बैङ्कको एटिएमबाट पैसा झिक्न सकिने तथा मोबाइल तथा इन्टरनेट बैङ्किङ सेवा मार्फत फन्ड ट्रान्सफर लगायतको सेवा लिन सक्ने छन् । अन्य सहकारीको तुलनामा हाम्रोमा प्रविधिको प्रयोग गर्ने सदस्यहरु धेरै नै छन् ।

यस हिसाबले हाल सम्म कार्यलयमा आएर सेवा लिने भन्दा पनि प्रविधिको प्रयोग गरेर सेवा लिने सदस्यभएकाले समस्या छैन । सदस्यलाई पर्ने अन्य समस्यामा हामी सेवा गर्न तयारी अवस्थामा नै छाैँ ।

फोन मार्फत सम्पर्कमा आउनेलाई सेवा दिएका छौँ

माधव तिमल्सिना
अध्यक्ष
प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि, थसिखेल ललितपुर

निषेधज्ञाको दुइ दिन पुर्णकालिन रुपामा कार्यालय खोलेका थियौँ । अब बिहान साढे नौ देखि दुई बजे सम्म मात्रै सञ्चालन गर्ने निर्णय गरेका छौँ । सेवा केन्द्रमा एक जना   कर्मचारीबाट काउन्टर खोलेर बिहान साढे सात देखि साढ‌े ११ बजे सम्म राखेका छौँ ।

संस्थामा आएर लाइन लागेर भन्दा पनि फोन मार्फत सम्पर्कमा आउनेलाई सेवा दिएका छौँ । हामीले सकभर संस्थामा भिडभाड नगर्ने र सदस्यको घरमा नै सेवा दिने नीति लिएका थियौँ । तर भिडभाड नहुने रहेछ । १२ हजार सदस्य रहेको संस्थामा खासै भिड छैन । अहिले पैसा माग्ने मात्रै छन् , डिपोजिट हुँदैन । यो बिचमा खासै ठुलो पैसा गएको छैन ।

केही कर्मचारी कटौती गरेर पाँच घण्टा जति कार्यालय खोलेका छौँ । आज सम्म संस्थाको परिचय पत्रका आधारमा आवतजावत हुन दिइरहेको छ । संस्थाको परिचय पत्र देखाएको आधारमा कर्मचारीलाई हिँड्न दियो भोलिका दिनमा भने सदस्यलाई सेवा दिन समस्या छैन ।

सबैको मोबाइल बैंकिङ्ग नहुँदो रहेछ । सहकारीमा रहेका सदस्यले सबैले प्रयोग गर्छन् भन्ने पनि छैन । हामीले गरेको सामान्य अध्यायानमा २० प्रतिशतले पनि प्रविधिको सेवा उपयोग गरेका छैनन् । जो प्रविधिमा अभ्यस्त छैनन् ,उनीहरूलाई यो वेला सर्भिस दिन समस्या छ । तर बिस्तारै यसमा चासो लिनेको सङ्ख्या बढ्दै गएको छ । 

प्रविधिमा सदस्यलाई अभ्यस्त बनाउँदै छौँ 


 विकल्प पाठक 
प्रमुख कार्यकारी , अधिकृत नेचुरल बचत तथा ऋण सहकारी संस्था

 हामीले  यो समय एक तिहाइ कर्मचारी राखेर भौतिक रूपमा नै सेवा दिएका छौँ । नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर सर्भिस दिएका छौँ । दोस्रो पक्ष भनेको हामीले अहिलेको समयमा कोभिडपछि सहकारीले सदस्यलाई प्रविधिमा जोड्ने काम बढाउँदै लगेका छौँ । 


नेचुरलले क्युआर कोड, एटिएम, मोबाइल बैङ्किङ , ई पेमेन्ट, पण्ढ ट्रान्सफर सेवा दिइरहेको छौँ ।  सदस्यहरूले एटिएमबाट पैसा निकालेर दैनिक कारोबार गरिरहेका छन् ।

प्रविधि प्रयोगका कारण पहिला जस्तो ५/१० हजार रकम पनि पाइएन भन्ने गुनासो हटेको  हटेको छ । 


प्रविधि प्रयोगमा बढवा दिएसँगै नेचुरलले १० बजेदेखि १ बजेसम्म कार्यालय सञ्चालन गरेर सेवा दिइरहेको छ । सदस्यहरूले एटिएमबाट पैसा निकालेर दैनिक कारोबार गरिरहेका छन् ।

प्रविधि प्रयोगमा बढवा दिएसँगै नेचुरलले १० बजेदेखि १ बजेसम्म कार्यालय सञ्चालन गरेर सेवा दिइरहेको छ ।

सके सम्म प्रविधिको प्रयोगमा लाग्न भनेका छौँ

भोलानाथ पाठक
अध्यक्ष 
पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि 



अहिले मापदण्ड अपनाएर सीमित कर्मचारी राखेर नियमित रूपमा कार्यालय सञ्चालन गरेका छौँ । आवश्यक पर्ने सदस्यले सम्पर्क राखेर कार्यालयमा आएर सेवा लिनु भएको छ ।

हामीले बजारमा प्रतिनिधि पठाउने कार्यलाई रोकेका छौँ । हाम्रा सदस्यहरूलाई सकभर कार्यालयमा नआउन र संस्थाले उपलब्ध गराएका प्रविधिका सेवाहरू प्रयोग गर्न  जोड दिएका छौँ ।

सदस्यका सेवामा समर्पित भएको संस्था भएकाले पनि सदस्यलाई परेको बेलामा सहयोग गर्नुपर्ने हाम्रो दायित्व हो यसैलाई मनन गर्दै कर्मचारीलाई समेत परिचालन गरेका छौँ ।

अहिले खुसीको कुरा के छ भने यो महामारीमा सदस्यहरूले हामीले ल्याएको प्रविधिको प्रयोग नहोला कि भन्ने डर थियो । तर त्यो डर कम हुँदै गएको छ ।

हामीले केही समय अघि सञ्चालनमा ल्याएको एटिएम सेवामा सदस्यले चासो राख्ने र यसको प्रयोग गर्ने बढेका छन् । 

समय तोकेर सेवा केन्द्र  खोल्ने निर्णयमा पुग्यौँ 


हेम कार्की
प्रमुख कार्यकारी अधिकृत
ज्येष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था


केन्द्रीय कार्यालय न्यूरोडमा रहेका केही कर्मचारी साथीहरूमा कोरोना पोजेटिभ देखिएकाले सेवा बन्द गरेका छौँ । तर हाम्रा सेवा केन्द्र मार्फत सदस्यहरूलाई दिइने सेवालाई समय तोकेर कार्यालय खोल्ने निर्णयमा पुगेका छौँ । हामीले स्मार्ट एप (मोबाइल बैङ्किङ) सेवा सञ्चालन गरेको छाई । यसबाट खास गरी कोभिडका बेला धेरै सदस्यले सेवा लिएका छन् ।
हामीले सेवा केन्द्र मैतीदेवी र काँडा घारीबाट सीमित समय कार्यालय खोली सेवा दिइरहे पनि पछिल्लो समयमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । ‘सकभर प्रविधिको प्रयोग गर्न भनेका छौँ, सम्भव नभए घरदैलो सेवा पनि सुरु गर्ने छौँ । 


सदस्यलाई सेवा दिन हामी हाइअलअर्टमा छौँ 

सन्तोष प्रधान
अध्यक्ष
नवसवल बचत तथा ऋण सहकारी संस्था
 


अघिल्लो समयमा भएको लकडाउनको जस्तो समस्या अहिले खासै परेको छैन । बन्द हुने हल्ला चलेकै बेला सहकारीमा आएर पैसा फिर्ता लिएर जाने सदस्यहरू निकै देखिएका थिए ।

त्यही कारणले पनि हामीलाई तरलताको समस्या आउला कि ? भन्ने थियो तर अहिले सम्म त्यो समस्या देखिएको छैन । बाैद्ध र काडाघारीको सेवा केन्द्र नियमित खोलेका छाै । न्यूरोडको प्रधान कार्यालय अवश्यकता अनुसार खोलेका छाैँ ।

आवश्यक परेको अवस्थामा सदस्यले हामीलाई फोन मार्फत जानकारी गराउन सक्नु हुन्छ । सदस्यलाई सेवा दिन हामी हाइअलअर्टमा छौँ ।

प्रकाशित : १९ बैशाख २०७८, आईतवार १९:१८