घाम-पानी, घाम-पानी अनि कन्याम: आहा ! क्या मनमोहक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

घाम-पानी, घाम-पानी अनि कन्याम: आहा ! क्या मनमोहक



शब्द/ तस्विर: टेकराज गिरी

इलाम । देशभर कोरोना भाइरसको संन्त्रास छ । विस्तारै बामे सरेको पर्यटन क्षेत्रमा निराशाहरु देखिन थालेका छ । पर्यटकीय स्थलहरु बढेको चहलपहल केही साम्य भएको छ ।

पर्यटक आवागमनको मुख्य सिजनमा बर्षा भएपछि इलामको कन्यामको सुन्दरता भने थपिंदै गएको छ । बर्षा पछि तुवालो समेत हटेपछि हिमालको दृश्य समेत देखिएको छ ।

पर्यटकले भरीभराउ हुँने कन्याममा पर्यटकहरु चिया बगान घुम्न, चिया बगानमा तस्विर खिचाउन ,घोडचढी गर्न, बिभिन्न जातजातीको पोषाकमा सजिएर तस्विर खिचाउन र हिमाली दृश्यावलोकनका लागि आउने गरेका छन ।

बर्षा भएपछि कन्याम, अन्तु , सन्दकपुर लगायतका मुख्य पर्यटकीय स्थलमा पर्यटकको चहलपहल देखिन्छ ।

प्रकाशित : १४ बैशाख २०७८, मंगलवार २१:२५