सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा विस्तार



काठमाडौं । सनराइज बैंक लिमिटेडले ललितपुरको महाङ्काल गाउँपालिका वडा नं६, ठुलादुर्लुङ र सप्तरीको खड्क न.पा वडा नं.११, बनौली, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

दुुुई शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७६ पुगेको छ । शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम खड्क न।पा वडा नं११ का वडा अध्यक्ष राम कृष्ण चौधरी र प्रदेश प्रमुख रोहित कुमार महासेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

महाङ्काल शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन महाङ्काल गाउँपालिका वडा नं. ६ का वडा सचिव इश्वरा पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ग्राहकहरुले एटिएम कार्ड प्रयोग गरी निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्नेछन् ।

प्रकाशित : ९ बैशाख २०७८, बिहीबार १४:१४