एकैदिन २३ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

एकैदिन २३ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि



काठमाडाै । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा ९ हजार ६ सय ४७ जनाको परिक्षण गर्दा २ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ८ हजार ८४४ जनाको पिसिआर विधिबाट र ८०३ जनाको एन्टीजेन परिक्षण गरिएको हो । पिसिआर परिक्षणबाट २ हजार २२० जना र एन्टीजेनबाट १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौं उपत्यकामा १०५१ जनामा संक्रमण देखिएको छ । जसमध्ये भक्तपुरमा ८१, ललितपुरमा १८१ र काठमाडौंमा ७८६ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा २८७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : ८ बैशाख २०७८, बुधबार १७:३०