एनएलआइसी एफपीओ प्रकरणः सेबनले सोध्यो नेप्सेलाई स्पष्टीकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएलआइसी एफपीओ प्रकरणः सेबनले सोध्यो नेप्सेलाई स्पष्टीकरण



bordकाठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्सुरेन्स कम्पनीको एफपीओ मूल्यको सूचना चुहावटबारे नेपाल स्टक एक्सचेन्जसँग स्पष्टीकरण मागेको छ ।

बजार मूल्यसँग अतिसंवेदनशील विषयमा के कति कारणले हतारिएर सूचना सार्वजनिक गरेको हो त्यसका बारेमा तत्काल जानकारी गराउन बोर्डले नेप्सेलाई पत्र काटेरै प्रस्टीकरण मागेको हो ।

नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सञ्चालक समितिले प्रतिकित्ता २९ सय ३१ रूपैयाँमा एफपीओ जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा पठाएको थियो । सोही जानकारी नेपाल स्टक एक्सचेन्जलाई पनि दिएको थियो । स्टक एक्सचेन्जले यो सूचना प्राप्त हुनासाथ सार्वजनिक गरेको थियो ।

धितोपत्र निष्कासन निर्देशिका २०६५ ले एफपीओको मूल्य धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र लागू हुने स्पष्ट व्यवस्था गरेको भए पनि नेप्सेले त्यसलाई बेवास्था गरेको हो ।
‘नेप्सेले के कति कारणले यो सूचना सार्वजनिक गरेको हो, जानकारी दिन लिखित स्पष्टीकरण सोधेका छौ,’ धितोपत्र बोर्ड स्रोतले भन्यो । बोर्डले सूचना चुहावट भएपछि नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सेयर कारोबारसमेत रोक्का गरेको छ ।

प्रकाशित : १ असार २०७३, बुधबार ०३:२१