अन्य आम्दानी घटेपछि चन्द्रागिरी हिल्सको घाटा चुलियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अन्य आम्दानी घटेपछि चन्द्रागिरी हिल्सको घाटा चुलियो



काठमाडाै । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अवधिसम्ममा कम्पनीको घाटा बढेको छ।

चालु आर्थिक वर्षको चैत १८ गतेसम्ममा कम्पनीले १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरोको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको घाटा १५ करोड ९३ लाख रुपैयाँ बढेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १८ लाख रुपैयाँमात्र नोक्सानी व्यहोरेको थियो।

सञ्चालन आम्दानीसँगै अन्य आम्दानीहरु घटेपछि कम्पनीको घाटा चुलिएको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ७९ लाख रुपैयाँ घटेको छ भने अन्य आम्दानी १ करोड २७ लाख रुपैयाँ घटेको छ। गत आर्थिक वर्षको चैत १८ गतेसम्ममा १४ करोड २१ लाख रुपैयाँ धनात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ८१ लाख रुपैयाँ ऋणात्मक भएको छ।

१ अर्ब ५३ कराेड रूपैयाँ चुक्ता पूँजी रहेकाे यस कम्पनीकाे जगेडा काेष ३२ कराेड ८ लाख रूपैयाँ ऋणात्मक रहेकाे छ। चैत १८ गतेसम्ममा कम्पनीकाे इपीएस ११ रूपैयाँ ८१ पैसा ऋणात्मक रहेकाे छ भने प्रतिशेयर नेटवर्थ ७९ रूपैयाँ ९ पैसा रहेकाे छ।मेरोलगानीबाट

प्रकाशित : ६ बैशाख २०७८, सोमबार ०८:०४