बुटवल पावर कम्पनीले ३० लाख कित्ता एफपिओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

बुटवल पावर कम्पनीले ३० लाख कित्ता एफपिओ जारी गर्ने



Bpcकाठमाडौ। बुटवल पावर कम्पनी लिमिटेडले ३० लाख कित्ता फरदर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त संख्यामा प्रिमियममा एफपिओ निष्काशन गर्ने निर्णय गरेको हो ।

प्रिमियममा एफपिओ निकाष्शन गर्ने भनिएपनि कतिमा निकाल्ने भनेर तोकिएको छैन् । सञ्चालक समितिले निष्काशन गर्ने प्रस्ताव गरेको ३० लाख कित्ता एफपिओ पारितका लागि कम्पनीले आगामी असार २७ गते विशेष साधारणसभा बोलाएको छ ।

निष्काशनका सम्बन्धमा कम्पनीले जेठ ३२ गते नेप्सेलाई जानकारी गराएको छ । एफपिओ प्रयोजनका लागि आगामी असार १६ गते बुक क्लोज अर्थात सेयरधनी पूस्तिका बन्द हुने नेप्सेले जनाएकोे छ ।

प्रकाशित : 15 June, 2016 2:55 am