आयल निगमको विकल्प खोजाैँः भट्टराई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आयल निगमको विकल्प खोजाैँः भट्टराई



काठमाडाै । नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले नेपाल आयल निगमले सँधै अप्ठ्यारो अवस्थामा पेट्रोलियम पदार्थको भाउ बढाएर दुःख दिने गरेकाले यसका विकल्प खोज्नुपर्ने बताएका छन ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएपछि आयल निगम घेर्न पुगेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तासामु भट्टराईले आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएर दुःख दिने गरेकाले विकल्प खोज्नुपर्ने बताए ।

उनले भने –‘सधैं अप्ठ्यारो समयमा जनताको रगत चुस्ने आयल निगमको विकल्प पनि खोज्न जरुरी छ।’ भट्टराईले कोरोनाले आक्रान्त बनेका बेला जनतालाई राहत दिनुको सट्टा सरकार पेट्रोलियम पदार्थको मुल्यवृद्धिमा लागेर जनताको शोषणमा लागेको बताए ।

उनले भने –‘कोरोना आक्रान्त पछि बिस्तारै मुलुक सामान्य हुदै गएको तर खतरा जिवितै रहेको यो अप्ठ्यारो समयमा सरकारले समग्र राहत दिनुपर्नेमा उल्टो सरकार बारम्बार पेट्रोलियम पदार्थ सागै सबै क्षेत्रमा मुल्य वृद्धि गरि जनताको शोषण गरिरहेको यो सरकारको विकल्प नेपाली जनताले खोज्नुपर्छ ।’ उनले सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने पनि जानकारी दिए ।

प्रकाशित : २३ चैत्र २०७७, सोमबार २१:२६