आईएमई को-अपरेटिभ सबैभन्दा बढी आयकर बुझाउने संस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

आईएमई को-अपरेटिभ सबैभन्दा बढी आयकर बुझाउने संस्था



काठमाडौँ । आईएमई को-अपरेटिभ सर्भिस आर्थिक वर्ष २०७६/०७७ मा राज्यलाई सबैभन्दा बढी आयकर बुझाउने संस्था बनेकाे छ ।

सहकारी विभागले ६४ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा उत्कृष्ट करदाता सहकारीको रुपमा सम्मानित गरेको हो ।

विभागले आर्थिक वर्ष २०७६/०७७ मा राज्यलाई सबैभन्दा बढी आयकर बुझाउने संस्थालाई सम्मान गरेको हो ।

दिवसका अवसरमा सहकारी विभागले आयोजना गरेको विशेष कार्यक्रममा देशभरबाट उत्कृष्ट आय कर बुझाउने तीन वटा प्रारम्भिक सहकारी संस्थालाई सम्मान गरेको हो ।

विभागले कान्ति पथको आईएमई कोअपरेटिभ सर्भिस, झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र कुशेश्वरको महिला सहकारी संस्थालाई सम्मान गरेको हो ।

गत आर्थिक वर्ष आईएमईले १ करोड ४९ लाख ८४ हजार ९ सय ४३ रुपैयाँ, सहारा नेपालले १ करोड २८ लाख ७४ हजार ९ सय १० रुपैयाँ र महिला सहकारीले १ करोड २१ लाख रुपैयाँ आयकर बुझाएका थिए ।

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार १४:१२