काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) दोहोरो अंकले बढेको छ ।
नेप्सेका अनुसार आज नेप्से ४१.३६ अंकले बढेर दुई हजार पाँच सय ७० दशमलब ३१ विन्दुमा पुगेको छ भने आज ६ अर्ब ६७ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका एउटा समूहमध्ये हाइड्रोपावर बाहेक अन्यसबै समूहमा हरियाली छाएको छ । आज ९ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको हो ।
Comment