पाँच वर्षपछि बस्दै नेपाल–अमेरिका व्यापार तथा लगानी परिषद् बैठक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

Feature News

पाँच वर्षपछि बस्दै नेपाल–अमेरिका व्यापार तथा लगानी परिषद् बैठक



Nepal-USAकाठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (ट्रेड एण्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रीमेन्ट –टीफा) मा हस्ताक्षर भएको पाँच वर्षपछि पहिलोपटक यो संयन्त्रको बैठक आयोजना हुन लागेको छ । अमेरिकाको वासिङ्गटन डिसीमा जेठ २८ र २९ आयोजना हुने टीफा परिषद् बैठकमा नेपालका तर्फबाट वाणिज्यमन्त्री जयन्त चन्दले प्रतिनिधित्व गर्दैछन् भने अमेरिकाका तर्फबाट ट्रेड रिप्रिजेन्टेटीभ (व्यापार मन्त्री) सहभागी हुनेछन् । मन्त्री चन्दको टोलीमा वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय सहित अर्थ, परराष्ट्र तथा कानुन मन्त्रालयका प्रतिनिधि सहभागी रहने वाणिज्य मन्त्रालयले जनाएको छ ।

टीफा नेपाल र अमेरिकाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने संयन्त्र हो । अमेरिकाले नेपाललाई केही तयारी पोशाकका उत्पादनसहित ६६ वस्तुमा दिएको शून्य भन्सार सुविधा कार्यान्वयनमा आउनु अघि हुने सार्वजनिक सुनुवाइ पनि जेठ २८ मा तय भएको छ । युएसटीआरले नेपाललाई दिएको सुविधा उपयोग गर्न सक्ने नेपाली उद्योगहरुको क्षमताका विषयमा अध्ययन गरीसकेको छ । अमेरिकी व्यापार उपमन्त्री डन स्याकलफोर्डले गत फागुन अन्तिम साता नेपाल भ्रमण गरी नेपाली उद्योगहरुको क्षमताका विषयमा अध्ययन गर्नुका साथै टीफा परिषद् बैठकका लागि समकक्षीहरुसँग छलफल गरेकी थिइन् । अमेरिकाले नेपाललाई आगामी १० वर्षका लागि दिएको सुविधा सार्वजनिक सुनुवाइमार्फत् जायज सिद्ध गरेपछि नेपाललाई सुविधा प्रदान गर्ने ऐन कार्यान्वयनमा आउनेछ । अमेरिकी सुविधा प्राप्त गर्ने उत्पादनहरुमा पस्मिना, छालाका उत्पादनहरु, ब्याग/सुटकेस, च्यादर, स्कार्फ, कार्पेट, शिरपोस लगायत छन् । वाणिज्यमन्त्री जयन्त चन्दले नेपालले अमेरिका निर्यात गर्ने अधिकांश तयारी पोशाकका उत्पादन छुटेकाले टिफा परिषद् बैठकका क्रममा ती उत्पादनहरुलाई भन्सार छुटको लागि पहल गर्ने बताएका छन् ।

प्रकाशित : २४ जेष्ठ २०७३, सोमबार १४:५१