रिलायन्स मिल्सको आईपीओ आउने,शेयर मूल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

रिलायन्स मिल्सको आईपीओ आउने,शेयर मूल्य कति ?



काठमाडाै । पछिल्लो समय धेरै कम्पनीहरुले प्राथमिक शेयर निष्कासन गरिरहेका छन् । यसै बीच रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा आज रिलायन्स स्पिनिङ्ग मिल्स लि. को कर्पोरेट कार्यालयमा भएको एक कार्यक्रममा रिलायन्स स्पिनिङ्ग मिल्स लि.र क्यापीटल बीच शेयर निष्कासन तथा बिक्रीप्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

रिलायन्स स्पिनिङ्ग मिल्सको मुख्यलगानीकर्ता रहनुभएका कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यानको रोहवरमा सम्पन्न भएको उक्त कार्यक्रममा मिल्सको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्र माहस्ताक्षर गरेका छन् ।

प्रकाशित : २८ फाल्गुन २०७७, शुक्रबार ०७:५२