काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता ‘विशिष्ट’ व्यक्तिको भ्रमण खर्च र नेता र कार्यकर्ताको उपचारमा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च भएको छ ।
प्रधानमन्त्री ओलीदेखि मन्त्री, सांसद, प्रशासक, राजनीतिक दलका नेतारकार्यकर्तालगायतले स्वदेश तथा विदेश भ्रमण र उपचार खर्चबापत ७ महिनामा १० करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् ।
भारत र चीनको राजकीय भ्रमणमा मात्रै प्रधानमन्त्री, मन्त्री तथा दलका नेतारकार्यकर्ताले राज्यको ढुकुटीबाट करिब ७ करोड रुपैयाँ खर्च गरेका छन् ।
एक दर्जनभन्दा बढी मन्त्री तथा प्रशासकहरुले विदेश भ्रमण गर्दा २ करोड रुपैयाँभन्दा बढी रकम बुझेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।
Comment