नेप्सेमा दुई कम्पनीको दुई करोड २३ लाख कित्ता शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रवास

नेप्सेमा दुई कम्पनीको दुई करोड २३ लाख कित्ता शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार दुई कम्पनीको शेयर सूचीकृत भएका छन् । नेप्सेमा एनएमबी बैंक र ज्योति विकास बैंकका बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार एनएमबी बैंकको १३ प्रतिशत बोनस शेयर वापत एक करोड ८७ लाख ८२ हजार ७८ कित्ता शेयर सूचीकृत भएको छ भने ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर वापत ३४ लाख ९५ हजार २९३ कित्ता शेयर सूचीकृत भएको छ ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलवार १६:१०