साँझ मन्त्रिपरिषद् बैठक बस्दै , डेपुटी गभर्नरहरुको नियुक्तिको स‌भावना प्रवल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साँझ मन्त्रिपरिषद् बैठक बस्दै , डेपुटी गभर्नरहरुको नियुक्तिको स‌भावना प्रवल



काठमाडौं । आज साँझ मन्त्रिपरिषद् बैठक बोलाइएको छ । साँझ चार बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्दैछ ।यो नियमित बैठक हो ।

सामान्यतय हरेक हप्ता २ पटक मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ । आजको बैठकमा नियमित एजेन्डाबाहेक नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको नियुक्तिसम्बन्धि निर्णय हुनसक्ने सम्भावना रहेको बताइएको छ ।

फागुन १८ गतेदेखि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर पद खाली छ । राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य समेत रहने उक्त पदका लागि १७ जना कार्यकारी निर्देशकहरु दाबेदार रहेकामा गभर्नर महाप्रसाद अधिकारीले ४ जनाको नाम सिफारिस गरिसकेका छन् ।

गभर्नरले सिफारिस गरेका नामलाई अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा निर्णयार्थ पेश गर्नेछन् । तीमध्ये २ जनालाई आगामी ५ वर्षका लागि उक्त पदमा मन्त्रिपरिषदले नियुक्त गर्छ ।

गभर्नर अधिकारीले कार्यकारी निर्देशकहरु डा. नीलम ढुंगाना, देवकुमार ढकाल, डा. गुणाकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठलाई सिफारिस गरेको राष्ट्र बैंकको दाबी छ । यद्यपि राष्ट्र बैंकले यसबारे आधिकारिक रुपमा भने केही बोलेको छैन ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलवार ११:५७