ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको ओइरो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रवास

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको ओइरो



काठमाडाै । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आइपिओ) मा आवेदनको ओइरो लागेको छ ।


साेमबार साँझ ५ बजेसम्ममा १३ लाख ७६ हजार ७ सय ६१ जना आवेदकबाट २ अर्ब ९८ करोड ७७ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड ९८ लाख ७७ हजार ५ सय ४० कित्ताको लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेड जानकारी दिएको छ ।

कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे छ ।

उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २४ फाल्गुन २०७७, सोमबार १७:४५