प्रस्तावित नेपाल सहकारी बैंकको फाइल संघिय सहकारी विभागमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रवास

प्रस्तावित नेपाल सहकारी बैंकको फाइल संघिय सहकारी विभागमा



काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको फाइल संघिय सहकारी विभागमा पेश भएको छ । बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी सहित समितिका २५ सदस्यीय टोलीले सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेलाई फाईल बुझाएका हुन् । कार्यक्रममा नेपाली काग्रेसको सहकारी विभाग प्रमुख एवं पूर्व मन्त्री आनन्द ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल सहितको सहभागिता रहेको थियो ।

प्रस्तावित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पूर्ण कागजात सहित प्रकृया पुरागरी बैक दर्तागर्न ६ सय फाइल विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरेका हुन् । दलबल सहित विभाग पुगेका टोलीले फाइल बुझाएको हो । फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रकृया अघि बढाउने जानकारी दिए । उनले भने विधिवत रुपमा फाइल बुझेका छौ, अपुग भएमा फेरी कागजात मागेर प्रकृया थाल्नेछौ । उनले दर्ता प्रकृयामा विभागले सहयोग गर्ने आश्वासन समेत दिए ।

बैक दर्ताको लागि ५ सय १ फाइल आवश्यक पर्नेमा ६ सय फाइल तयार गरी विभागमा पेश गरिएको थियो । सस्थापक दर्ताका लागि ९ सय ७५ फाइल तयार भएको जनाइएको छ । बैक स्थापना गर्न ३ अर्ब पूँजी आवश्यक पर्नेमा ८ अब पूँजी तयार भएको प्रस्ताबित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए । उनले आजबाट बिधिवत रुपमा बैक दर्ता प्रकृया अघि बढेको जानकारी दिए । बैक दर्ताको लागि सहकारी महासंघले सहमति दिनुपर्नेछ । ऐन अनुसार बैकको स्वीकृति नेपाल राष्ट्रबैकले दिनेछ ।

यही माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले सम्पूर्ण प्रकृया पुरा गरी दर्ता प्रकृया अघि बढाएको थियो । भेला लगत्तै सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय संचालन समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन भएको छ । प्रस्तावित बैकका अध्यक्ष भण्डारीले अब बैक सञ्चालन प्रकृया अघि बढिसकेको दाबी गरे। देशभरका करिब १ हजार सहकारी संस्था रहेको बैक दर्तासंगै राष्ट्रिय सहकारी बैकको एकाधिकार तोडिने बताए । विभागले स्वीकृत दिए लगत्तै राष्ट्रबैकले सहकारी क्षेत्र समेट्नेगरी दोस्रो सहकारी बैक स्थापना हुने बताए ।

प्रकाशित : २५ माघ २०७७, आईतवार २०:०२