गृहमन्त्रालय भन्छ- निर्धक्क भएर आफ्नो व्यवसाय गर्नुस् , सुरक्षा हामी दिन्छाै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गृहमन्त्रालय भन्छ- निर्धक्क भएर आफ्नो व्यवसाय गर्नुस् , सुरक्षा हामी दिन्छाै



काठमाडा‌ै । गृह मन्त्रालयले बिहिबारको लागि नेकपाको नामबाट आह्वान गरिएको आम हड्तालबारे आफ्नो गम्भीर ध्यनाकर्षण भएको जनाएको छ । मन्त्रालयले कानुन विपरित शान्ती स्रुरक्षामा खलल पुग्ने गरि कुनै पनि कार्य नगर्न नगराउन सबैमा आग्रह गरेको छ ।

साथै मन्त्रालयले कुनै पनि निजि तथा सार्वजनिक सम्पति तोडफोड गर्ने, आगजनी गर्ने, सार्वजनिक यातायातमा अवरोध पुर्याउने, लगायतका गतिविधि गर्ने जो कोहिलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

त्यस्तै मन्त्रालयले दैनिक रुपमा संचालन हुने उद्योग, पेशा, ब्यबसायमा कुनै पनि बाधा नपुग्ने गरी सुरक्षाको प्रबन्ध गर्ने भन्दै यातायात व्यबसायीसहित सबैलाई अन्य दिनमा झैँ आआफ्नो उद्योगधन्दा, पेशा, ब्यबसाय निर्धक्क भएर संचालन गर्न आग्रह गरेको छ ।

प्रचण्ड -माधव समुहले बिहिबार पसल, उद्योग, कलकारखाना, सर्वाजनिक यातायात, शिक्षण संस्था खोल्न नदिने जनाएको छ । विद्यार्थीको परीक्षामा भने अवरोध नगर्ने उक्त समुहले जनाएको छ ।

प्रकाशित : २१ माघ २०७७, बुधबार २०:४९