नेपाल सहकारी बैंक अपरिहार्य, दर्ता प्रक्रिया कसैले रोक्न सक्दैन् : विमलेन्द्र निधी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

नेपाल सहकारी बैंक अपरिहार्य, दर्ता प्रक्रिया कसैले रोक्न सक्दैन् : विमलेन्द्र निधी



काठमाडौं । नेपाली काग्रेसका उपसभाति विमलेन्द्र निधीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन नेपाल सहकारी बैक अपरिहार्य रहेको बताएका छन् ।

एउटा मात्र सहकारी बैंकले सहकारी क्षेत्र समेट्न नसकेको टीप्पणी गर्दै आवश्यकता र आधार पुगेका सबैलाई बैंक बनाउन सकिने बताए ।

प्रस्ताबित नेपाल सहकारी बैंक लिमिटेडको प्रारम्भिक भेलालाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधीले करिब एक हजार सदस्यता दर्ता भएको बैंकलाई कुनैपनि हालतमा रोक्न नसक्ने ठोकुवा गरे ।

उनले भने, ‘यो बैंंक सबैको लागि आवश्यकता छ, तपाईहरु दर्ता प्रकृयामा जानुस कसैले रोक्न सक्दैन बैंक स्थापना भएरै छाड्नेछ ।’ उनले जननेता विपी कोइरालाले नेपालमा अर्थतन्त्र प्रवेश गराउनुभएको दाबी गर्दै मुलुकभर सहकारी फस्टाएको स्मरण गर्दै अब मुलुकमा अर्को सहकारी बैक स्थापना भैसकेको जिकीर गरे ।

बैंक दर्ता प्रकृयाले लोकतन्त्र र अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गर्दै तत्काल दर्ता प्रकृया शुरु गर्न आग्रह गरे । राष्ट्रिय सहकारी बैकका सञ्चालकले नेपाल सहरकारी बैक खोल्न दिन नहुने भन्दै आफुलाई सहयोग नगर्न आग्रह गरेको खुलासा गर्दै उनले भने–केही केही नेपाल सहकारी बैकको विरुद्धमा लागेका छन् , म भन्छु यस्ले केही समस्या पार्दैन प्रकृया थाल्नुस सिङगो पार्टीको पूर्ण सहयोग रहनेछ ।’

प्रस्ताबित नेपाल सहकारी बैक स्थापना गर्नुपर्ने कारणबारे औल्याउँदै बैक स्थापना गर्न गठित कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले राष्ट्रिय सहकारी बैकले राष्ट्र बैंकबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैंकको ऐनमा सहकारी बैक सम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई वचत तथा ऋणको कारोबार बाहेक अन्य सेवा पलब्ध गराउन नसक्नु, बिना धितो ठुलो रकम प्रवाह गर्नु, बैक सञ्चालनमा राजनीति हबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नया बैकको आवश्यकता महसुस गरी एक हजार भन्दा बढी सदस्य संस्थाको भेला आयोजना गर्नुपरेको बताए ।

उनले सहकारी ऐन २०७४ र नियमावली २०७५ को आधारमा बैक दर्ता प्रकृया अघि बढाइएको जानकारी गराए । भने– करिब एक वर्ष अघिदेखि प्रकृया शुरु गरेका थियौ अब दर्ता प्रकृया शुरु गर्नेछौंं । उनले प्रारम्भीक भेलामा सातै प्रदेशका ४५ जिल्लाका सदस्य संस्थाका एक हजार भन्दा बढी सदस्य उपस्थित भएर ठुलो सफलता भएको बताउँदै अब बैंक दर्ता प्रकृयामा कसैले अवरोध गर्न नसक्ने जिकीर गरे ।

एकमात्र सहकारी बैंकले प्रभावकारी सेवा दिन नसकेको कारण बाध्य भएर नया बैक दर्ता प्रकृया शुरु गरेको उल्लेख गर्दै संयोजक भण्डारीले भने–नेपाल सहकारी बैक जस्तै प्रकृतिका अब ५ वटा बैक खुल्नुपर्छ । ३४ हजार भन्दा बढी सहकारी मध्य सक्रिय कारोबार गर्ने सहकारीको संख्या ३० हजारको संख्यामा रहेको अवस्थामा सबैलाई व्यवस्थित सेवा दिन नया बैकको आवश्यक रहेको उल्लेख गरे ।

तथ्याङक हेर्दा नेपालमा ८ खर्ब भनदा बढीको निक्षेप संकलन, १ खर्ब भन्दा बढी शेयर पुजी संकलन, ७३ लाख भन्दा बढीलाई बित्तीय सेवा र सुविधा, ३ लाख बढीलाई रोजगारीको प्रदान र कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशत भन्दा बढी योगदान दिएको सहकारी क्षेत्रमा नया बैको आवश्यक महसुस गरी देशैभरबाट आएका सहकारी सदस्यको सहयोगमा भेला आयोजना गरीएको संयोजक भण्डारीको भनाई छ ।

भेलामा पुर्वमन्त्री एवं नेपाली कांग्रेस सहकारी विभाग प्रमुख आनन्द ढुंगानाले मुलुकमा एउटामात्र सहकारी बैंकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण बैंक स्थापना गर्ने कामको शुरुवात गरेकोमा खुसी व्यक्त गरे ।

भेलामा पुर्व अर्थ राज्यमन्त्री एवं नेपालीका कांग्रेसका नेता उदयशम्सेर राणा, पूर्वगभर्नर डा. चिरञ्जीवि नेपाल, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महेन्द्र नारायणनिधी मेमोरियल सहकारी संस्थाका सञ्चालक भानुभक्त ढकाल लगायतले अहिलेको अवस्थामा एउटामात्र सहकारी बैकले काम गर्न नसकेको सो बैकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण बैक स्थापना गर्ने काम थालेकोमा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित : १७ माघ २०७७, शनिबार २०:०४