शेयर बजारमा नयाँ रेकर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

शेयर बजारमा नयाँ रेकर्ड



काठमाडाै । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से २१७५ विन्दु पार गरेसँगै नयाँ रेकर्ड कायम भएको हो ।

यस अघि नेप्सेले १६ पुस २०७७ मा २ हजार ८७ दशमलब २७ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

आज नेप्से ८८.१२ अंकले बढेर दुई हजार एक सय ७५ दशमलब १२ विन्दुमा पुगेको छ भने ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।

प्रकाशित : 3 January, 2021 3:17 pm