काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडले दोस्रो चरणको साधारण शेयर(आईपीओ) पुस २४ गतेदेखि निष्काशन खुला गर्ने भएको छ । लगानीकर्ताले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसअघि आयोजना प्रभावित स्थानीयहरुका आईपीओ निष्काशन गरी बाँडफाँट गरेको थियो भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता रु. १०० अंकित १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ बिक्री गर्न लागेको हो । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९ सय ६० कित्तासम्म आवेदन दिन पाउने ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
यसअघिको तथ्याङ्क हेर्दा १० लाख बढीले आईपीओ भर्ने गरेका छन् । १३ लाख ९६ हजार २२ कित्ताका लागि निष्काशन खुला गरिएको हुँदा यसमा पनि गोलाप्रथाबाट १० कित्ता मात्रै आईपीओ पर्ने भएकाले लगानीकर्ताहरुले १० कित्ताका लागि मात्र आवेदन दिंदा उपयुक्त हुने देखिन्छ ।
आईपीओ १३ हजार ९ सय ६२ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।





Comment