यी हुन् सोमबार सर्वाधिक काराेबार भएका १० कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

यी हुन् सोमबार सर्वाधिक काराेबार भएका १० कम्पनी



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) सामान्य अंकले बढेको छ । आइतबार झण्डै ४० अंकले घटेको नेप्से आज सामान्य अंकको सुधार आएको हो ।

आज नेप्से ८.५७ अंकले बढेर दुई हजार ७ दशमलब २९ विन्दुमा पुगेको छ भने ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा समूह घटेका छन् भने ९ वटा समूह बढेका छन् ।

त्यसैगरी, साेमबार नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, नागरिक लगानी काेष, एनआइसी एशिया बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, शिवम् सिमेन्ट, एनसीसी बैंक, ग्लाेबल आइएमइ बैंक लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेड सर्वाधिक काराेबार भएका कम्पनीहरू हुन् ।

प्रकाशित : १३ पुष २०७७, सोमबार १७:३२