काठमाडाै । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति पाएको छ ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ८ गते, साेमबार नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकाेमा धितोपत्र बोर्डले पुस १० गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।
कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।





Comment