काठमाडाै । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) आज शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई निष्काशन गरिएकाे आईपीओ बाँडफाँड भएको हो ।
गोलाप्रथाका माध्यमबाट गरिएकाे बाँडफाँडमा ५ लाख ४० हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने बाँकी ५ लाख ९ हजार ४७ जना आवेदककाे हात खाली भएकाे छ । कम्पनीकाे आइपीओमा १० लाख ५१ हजार २ सय १६ जनाले आवेदन दिएकामा २ हजार १ सय ६९ जना आवेदकको आवेदन रद्ध भएको छ ।






Comment