नबिल बैंकका लगानीकर्ता मालामाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकका लगानीकर्ता मालामाल



काठमाडाै । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभाँश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश गरि कुल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

बैंकले घोषणा गरेको यो लाभांश बैंकहरुले यस वर्ष (गत वर्षको मुनाफाबाट) गरेको मध्ये कै सबै भन्दा बढी हो ।

प्रकाशित : ६ पुष २०७७, सोमबार २१:३९