नेप्से ६.२० प्रतिशतले घट्यो,५ अर्ब १४ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नेप्से ६.२० प्रतिशतले घट्यो,५ अर्ब १४ करोडको कारोबार



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो चौथो दिन आज (बुधबार) सामान्य अंकले घटेको छ । नेप्सेका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ६.२० अंकले घटेर २०५५.२२ मा पुगेकाे छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४३ अंकले घटेर ३८६.९८ मा पुगेको छ ।

कूल १९९ वटा कम्पनीकाे एक कराेड ५ लाख ५८ हजार ३ सय ९१ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५ सय ७८ रुपैयाँको कारोबार भएकाे छ ।

स्टकका अनुसार बुधबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, बुधबार काराेबार रकमकाे आधारमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । बैंकको ३९ कराेड ४३ लाख ९५ हजार ३ सय ६२ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

प्रकाशित : 16 December, 2020 3:16 pm