संवैधानिक परिषद अध्यादेशविरूद्ध सर्वोच्चमा रिट पेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

संवैधानिक परिषद अध्यादेशविरूद्ध सर्वोच्चमा रिट पेश



काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धि अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुद्ध रिट दायर भएको हो ।

अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुँन । प्रशासनमा रिट पेश गरिएको र दर्ताका लागि प्रक्रिया चलिरहेको अर्यालले जानकारी दिए ।

अर्यालले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, मन्त्रिपरिषदको सचिवालयसहित संवैधानिक परिषदका सबै सदस्यालाई विपक्षी बनाएर रिट पेश गरिएको उनले बताए ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार मन्त्रिपरिषदको बैठकलगत्तै पेश गरेको अध्यादेश मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकि थिइन।

प्रकाशित : १ पुष २०७७, बुधबार १४:४१