स्पर्स लघुवित्तद्धारा लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

स्पर्स लघुवित्तद्धारा लाभांश घोषणा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

संस्थाकाे हिजाे (मंसिर २९ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९.५० प्रतिशत बोनस शेयर र १.०३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : 15 December, 2020 11:45 am