बागमती डेभलपेमन्ट बैंक किन्दै सानिमा बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बागमती डेभलपेमन्ट बैंक किन्दै सानिमा बैंक



1428437625_1463912884काठमाडौं । सानिमा बैंक लिमिटेडले बागमती डेभलपमेन्ट बैंक किन्ने भएको छ । वोनश शेयर तथा हकप्रद शेयर जारी गरि राष्ट्र बैंकले तोकेको समय सिमा भित्र ८ अर्ब चुक्ता पूँजी पुर्याउने योजनामा रहेको सानिमा बैंकले वागमति डेभलपमेन्ट बैंक किन्ने भएको हो ।

सानिमा बैंकले बागमती किन्ने भएपछि आइतबारबाट शेयरबजारमा वागमतीको कारोबार समेत स्थगित भएको छ ।

बागमती डेभलपमेन्ट बैंक आफुमा गाभ्न अगाडीनै आफ्ना शेयरधनीलाई ५० प्रतिशत हकप्रद दिने सानिमा बैंकले जनाएको छ । हाल ३ अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सानिमा बैंकको ५० प्रतिशत हकप्रद निष्कासन पश्चात चुक्तापूँजी ४ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १० जेष्ठ २०७३, सोमबार ०३:०१