काठमाडाै । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपिओ) काे बाँडफाँड गरिएकाे छ ।
कम्पनीले रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानुन बमाेजिम १ लाख ७६ हजार ९० कित्ता शेयर कार्तिक १७ गते, साेमबार बाँडफाँड गरिएकाे निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

असोज ७ गते बुधबारदेखि कात्तिक ६ गते, बिहीबारसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे ।
यसैगरी, नेपाल धिताेपत्र बाेर्डले कम्पनीलाई जारी पूँजीको २५ प्रतिशत साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको छ ।
कम्पनीले १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्नेछ । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता निष्कासन गर्याे अब दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।
कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको कार्य ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे थियाे ।






Comment