दसैंलगत्तै कांग्रेश आन्दोलनमा जाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

दसैंलगत्तै कांग्रेश आन्दोलनमा जाने



काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेशले कोभिड-१९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड–१९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दसैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन्।

कांग्रेसले गठन गरेको कोभिड–१९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दसैंलगत्तै संसद भित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताएका हुन्।

कोभिड–१९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रूपमा फैलिएको देउवाको भनाइ छ। सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्न भन्दा पनि भ्रष्टाचार गर्नमा तल्लीन रहेको उनको आरोप थियो।

प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार १९:३३