काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको शेयर भोलि विहान बाँडफाँड हुने भएको छ । सानिमा जनरल इन्स्योरेन्सको शेयर बाँडफाँड भोलि विहान ८ः३० बजे हुने आईपिओको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीका अनुसार सानिमा जनरल इन्स्योरेन्सको आईपिओको प्रि अलोटमेन्ट सम्पन्न भइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त हुने वित्तिकै शुक्रबार विहान शेयर बाँडफाँड गर्न लागिएको कम्पनीले जनाएको हाे ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणले गोलाप्रथामार्फत प्राप्त गर्नेछन् । कूल आवेदक करिब नौ लाख मध्ये दुई लाख ७३ हजार जनाले १० कित्ताको दरले शेयर प्राप्त गर्नेछन् भने बाँकीको हात खाली हुनेछ ।





Comment