काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का केन्द्रिय सदस्यले स्थानीय विकास राज्यमन्त्री रेशमबहादुर लामासँग भेटघाट गरेका छन् । टानका केन्द्रिय सदस्य एवं दीगो पर्यटन विकास समितिका संयोजक पेम्वा शेर्पा (संगम)को अगुवाई तथा महासचिव कर्ण लामाको नेतृत्वमा गएको टोलीले पर्यटन विकासका लागि सरकारको ध्यानर्षण गराएका थिए ।राज्यको तीन खम्बे नीति अन्तर्गत बजेट विनियोजनमा पर्यटन क्षेत्र पछाडि परेको, हरेक जिविसमा पर्यटनलाई छुट्याएको बजेट सही सदुपयोग नभएकोबारे मन्त्री लामाको ध्यानाकर्षण गराइएको पेम्वा शेर्पा (संगम)ले जानकारी दिनुभयो । त्यस्तै महासचि कर्ण लामाले तिमालमा वुद्ध स्मारक निर्माणका लागि स्थानीय विकास मन्त्रालयले सहयोग गर्नुपर्ने बताउनुभयो । मन्त्री लामाले पर्यटन विकासका लागि सरकार प्रतिवद्ध रहेको भन्दै पर्यटन विकासका लागि व्यवसायीले थालेका हरेक क्रियाकलापमा मन्त्रालय सहयोग गर्न प्रतिवद्ध रहेको प्रतिवद्धता जनाउनुभयो । भेटघाटमा महासचिव कर्ण लामा, सदस्य पेम्पा शेर्पा (संगम), सरिता लामा लगायतका केन्द्रिय सदस्य सहभागि हुनुहुन्थ्यो ।





Comment