सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा आवेदकको ओइरो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा आवेदकको ओइरो



काठमाडाै । सानिमा जनरल इन्स्योरेन्सको आईपिओ खुलेको तीन दिनमा झण्डै साढे सात लाखको आवेदन परेको छ । सानिमाले साधारण शेयर (आइपिओ) निष्कासन गरेकाे आज तेश्राे दिन रहेकाे छ ।

तेश्राे दिन बेलुका ५ बजेसम्ममा ७ लाख ४४ हजार ४ सय ९१ जना आवेदकले १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ३६ हजार ५ सय ५० कित्ताकाे लागि आवेदन दिएका सीडीएसले जानकारी दिएकाे छ । याे सर्वसाधारणको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई हेर्दा ५.९४ गुणा धेरै आवेदन हो ।

कम्पनीले असोज २१ गते, बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हाे । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित : 9 October, 2020 7:05 pm