काठमाडाै । कोरोना भाइरसका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरीका ३९ वर्षीय पुरुष, काठमाडौंका ७९ वर्षीया महिला र ५८, ९१ वर्षीय पुरुष, ललितपुरका ७३ वर्षीया महिला, भक्तपुरका ८२ वर्षीया महिला, सुर्खेतका ८२ वर्षीया महिला, कास्कीका ८३ वर्षीया पुरुष, चितवनका ८१, ९२, ८१ वर्षीय पुरुष र धनुषाका ७० वर्षीय पुरुष रहेका छन् ।
योसंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।
Comment