डीभी भर्ने हो ? यस्तो छ प्रकृया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

डीभी भर्ने हो ? यस्तो छ प्रकृया



काठमाडाै । सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि आवेदन खुलेको छ । नेपाली समयअनुसार हिजो बुधबार राति पाैने १० बजेदेखि फारम भर्न सकिने गरि खुल्ला भएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ ।

डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत आग्रह गरेको छ ।

प्रकाशित : २२ आश्विन २०७७, बिहीबार ०६:४५