नेपालमा २१२० जना नयाँ संक्रमित थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपालमा २१२० जना नयाँ संक्रमित थपिए



काठमाडौं । नेपालमा २१२० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २१२० जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ८४ हजार ५७० रहेको छ । संक्रमित मध्ये ६२ हजार ७४० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ ।

पछिल्लो २४ घण्टामा २०४४ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित : १७ आश्विन २०७७, शनिबार १६:५३