डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदुतमा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदुतमा नियुक्त



काठमाडौं । यसअघि राष्ट्रिय सभा सदस्य बन्न नपाउने भएपछि अर्थ तथा संचार मन्त्रीको पदबाट हात धुन पुगेका डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदुतमा नियुक्त भएका छन् । अर्थ तथा संचार मन्त्रीबाट हटे पछि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आर्थिक सल्लाहकार बनाएका थिए ।

मन्त्रिपरिषदको बिहीबार बिहान बसेको बैठकले खतिवडालाई अमेरिकाको राजदूत बनाएको हो ।

प्रकाशित : १५ आश्विन २०७७, बिहीबार १२:५३