नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा असोज २८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा असोज २८ गते



काठमाडाै । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले असोज २८ गते विशेष साधारण सभा गर्ने भएको छ। सो सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्गमा बिहान १० बजे शुरु हुनेछ।

सभामा नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै डिडिए तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सिटी एक्सप्रेसको शेयरमूल्य पारित गर्ने, प्राप्ति पश्चात हुने पूँजी वृद्धि मुताविक बैंकको प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ बैंकले असोज १६ गतेदखि सभा सम्पन्न नभएसम्म शेयर दाखिल खारेज दर्ता बन्द गर्नेछ। यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।

कोभिड १९ को कारणले अनलाईन (भर्चुअल) बाट सभामा भाग लिने व्यवस्था मिलाइएको छ। त्यसरी उपस्थित भएमा समेत सभास्थलमा उपस्थित भए सरह मान्यता दिने व्यवस्था गरिएको बैंकले जनाएको छ। भर्चुअल माध्यमबाट उपस्थित भइ आफ्नो मन्तव्य राख्न तथा मतदान गर्न चाहने शेयरधनीहरुले सभा हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि बिहान १० बजेदेखि दिनको ४ बजेभित्र मा मेल गरी वा फोन गरी नाम र इमेल ठेगाना टिपाउनु पर्नेछ।

त्यसै गरि सभामा मन्तव्य राख्न तथा मतदान गर्न मिटिङ्ग आईडि र पासवर्ड उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : 24 September, 2020 8:13 am