
मालिकको भजन गाएकै थिए
चाकडी र चाप्लुसि का खातिर
माहाँपुराण लगाएकै थिए
जि हजुरिको चरणमा
पजनि लाएकै थिए
ईमान जवानलाई बेईमान सग साटेकै थिए
सिधै थिए शहर छिर्दा
हजुको हन्मान बनेर
डुङ्डुङ्ति गनाएकै थिए
उठे भने उठ् बस् भने बस्
तल माथि गरेकै थिए
बालुवाटार र खुमलटार धाएकै थिए
गोरे हरु सग काध मिलाएकै थिए
र पनि मैले किन पदक पाईन
लौन बिन्ति छ काका
मैले पदक किन पाईन ?
बैकुण्ठ दाहाल
२०७७/६/३






Comment