कविता – चुपचाप छु म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कविता – चुपचाप छु म



चुप चाप छु म नसोच तिम्रो
अन्धभक्त भएछ भनेर
घरभित्रै छु म न सोच
कर्फु देखि डराएछ भनेर
न त म अन्धभक्त नै बनेक‍ो हुँ
न डराएको हु बस् म त एक
अाज्ञाकारि जनता हु
तिमिले उठ् भने उठ्छु
सुत् भने सुत्छु तर
तिमिले भन या नभन
यसैगरी सुताई राखेउ भने
एक दिन अबस्य उठ्छु
बिद्रोह को राँको बोकेर
जुन राँकोलाई तिम्र‍ दरवारक‍ो
पहरेदार पनिको फोहोराले
समेत निभाउन हम्बे हम्बे पर्नेछ
त्यति खेर सम्म तिमि चोर बाटो बाट
रानि महल तिर भागि सक्ने छौ ।
चुपचाप छु म…

बैकुण्ठ दाहाल
२०७७/५/२४

प्रकाशित : 9 September, 2020 5:10 pm