काठमाडौं । अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुनले कुनै पनि माध्यमबाट नेपाली पूंजी स्वदेश बाहिर नलैजाने बताएकाे छ । अमेरिकामा दर्ता भएको कम्पनीले नेपालमा आइपीओ विक्री कुन आधारमा विक्रि गरेकोभन्दा धितो पत्र बोर्ड सूचना जारी गर्दै नेपालीलाई लगानी नगर्न आग्रह गरेको थियो ।
सगुनले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनका क्रममा संस्थापक गोविन्द गिरीले सगुनप्रति न बुझेर शुरुमा केहि भ्रमहरु रहे पनि अहिले त्यो स्पष्ट भै सकेको बताए। संस्थापक गोविन्द गिरी भने, “हामीलाई आफ्नै भूमिमा एउटा प्लेटफर्म मात्रै चाहिएको हो, हामीले नेपालीबाट प्राप्त गरेको मुनाफा नेपालकै आर्थिक समृद्धि र विकासका लागि प्रयोग गर्ने छौं । यसमा ढुक्क हुनुस्, नेपालबाट कमाएको सबै पैसा हामी नेपालमै रोजगारी र आर्थिक विकासका लागि प्रयोग गर्छौ,। ” उनले धितोपत्र बोर्डले जारी गरेको सूचनाको जवाफ दिँदै सगुनको आइपीओ नेपालीलाई नभएको भन्दै नेपालको धितोपत्र बोर्डसँग कुनै पनि सम्बन्ध नभएको जवाफ दिएका थिए ।
“हामीलाई आफ्नै भूमिमा एउटा प्लेटफर्म मात्रै चाहिएको हो, हामीले नेपालीबाट प्राप्त गरेको मुनाफा नेपालकै आर्थिक समृद्धि र विकासका लागि प्रयोग गर्ने छौं। यसमा ढुक्क हुनुस्, नेपालबाट कमाएको सबै पैसा हामी नेपालमै रोजगारी र आर्थिक विकासका लागि प्रयोग गर्छौ“,” उनले भने। पत्रकार सम्मेलनमा सगुनका तर्फबाट संस्थापक गोविन्द गिरि, सह संस्थापक कविन सिटौला, सह संस्थापक स्वाति दयाल, ग्लोबल कोअर्डीनेटर सूर्य गुरुङ सहभागी थिए । त्यस्तै, नेपाल कन्ट्री म्यानेजर आनन्द बज्राचार्य, खेमराज पगेनी, चिंता बजागाई, कृष्ण गैरे, भवानी कोइराल सहभागी थिए भने सत्तम लामा, युवराज सेढाईं, सुरेन उप्रेती, यम घिमिरे, फणिन्द्र ढकाल, डा. शशि सिग्देल, ध्रुब शर्मा लगायतको सहभागिता थियो ।
कम्पनिले नेपालमा धितो पत्र बोर्डको स्वीकृती र अनुमति बेगर धन्दा चलाएको पाइएको हो ।धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गनुअघि बोर्डमा दर्ता गराउने पर्ने र दफा २९ (१)मा संगठित संस्थाले एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितापत्र विक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको विक्री विरतणको निमित्त र्साजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था छ ।
सगुनले बोर्डको स्वीकृति विनै नेपालमा धितोपत्रको निष्काशन गर्दै आएको पाइएको छ ।भारतमा एप राखोपछि चार्ज नै गर्नुनपर्ने भन्दै लाखौँ जनतालाई बेवकुफ बनाएको सगुनले अमेरिका लगायत देशबाट अवैध रुपमा हुण्डीको कारोबार गरिरहेको समेत स्रोतको दाबी छ ।
गैरआवासिय नेपाली गोविन्द गिरी संस्थापक रहेको सगुनले पटक पटक शेयर निष्काशनको नाममा गैरआवासिय नेपालीहरुलाई ठगी गर्दै आएको छ ।
Comment