काठमाडाै । सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध हटाएको छ । यो प्रतिबन्ध लगाइएको ३ वर्षपछि खुलाईएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गतेको निर्णय अनुसार जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो ।
तत्कालीन भूमिसुधार मन्त्री गोपाल दहितले गत वर्ष २६ साउनमा कृषियोग्य जमिनमा प्लटिङ गर्न र जथाभावी कित्ताकाट गर्न रोक लगाउने निर्णय गरेका थिए ।
अहिले भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्म कुमारी अर्यालले मन्त्रीस्तरीय निर्णयमार्फत कृषियोग्य जनताको खण्डीकरण रोक्न भनेर गरिएका पूर्व निर्णयहरु बदर गर्ने निर्णय भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
Comment