काठमाडाै । ललितपुरको चक्रपथ क्षेत्रभित्र शुक्रबार लगाइएको कर्फ्यू हटेको छ।जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ बजेदेखि लगाइएको कर्फ्यू बेलुका १० बजे हटेको हो।
कर्फ्यू हटाइपनि जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक र मंगलबजारलाई निषेधित क्षेत्र घोषणा गरेको छ । मछिन्द्रनाथको रथ रहेको आसपास क्षेत्रमा पूर्व मदन स्मारक देखि पश्चिममा महानगरपालिकाको कार्यालय, उत्तरमा बख्खुडोल र दक्षिण सेन्ट जेभियर स्कुलसम्मलाई निधेषित क्षेत्र घोषणा गरिएको हो।
त्यस्तै मंगलबजारतर्फ पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक अगाडिको चोक, उत्तरमा तिमबहाल र दक्षिण पूर्णचण्डी मन्दिरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । निषेधाज्ञा भदौ २० गतेदेखि २६ गतेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाइएको छ । निषेधाज्ञा बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म लागू हुनेछ ।
Comment