बामदेव की खतिवडा ? आज हुँदै दुईको भाग्य फैसला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बामदेव की खतिवडा ? आज हुँदै दुईको भाग्य फैसला



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक सरेको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक चार घण्टा पछि सरेको हो ।

यसअघि बिहीबार बिहान ११ बजेलाई बैठक तय गरिएपनि गृहकार्य नपुगेको भन्दै बैठक सारिएको हो । आजको बैठकमा नेकपा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्ने एजेण्डा छ । तर रिक्त राष्ट्रिय सभाको एक सदस्य पदमा समेत कसलाई पठाउने भन्ने नेकपामा एकमत हुन सकेको छैन । को पठाउने भन्ने विवाद मिलाउनका लागि भए पनि बैठक केही समय पर धकेलिएको बुझिएको छ ।

ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई पठाउने पक्षमा छन् भने अन्य सचिवालयका बहुमत नेताहरु उपाध्यक्ष बामदेव गौतमलाई पठाउनुपर्ने अडानमा छन् ।

प्रकाशित : १८ भाद्र २०७७, बिहीबार ०९:५४