काठमाडाै । नेपालमा २४ घण्टामा ११२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
उपत्यकामा ३ सय ८८ संक्रमित फेला
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ८८ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ८८ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र ३ सय ५० संक्रमित थपिएका छन् भने ललितपुरमा २९ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ९ जना संक्रमित देखिएका छन् ।
१२ जनाको मृत्यु
कोरोना भाइरसका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । कोरोनाबाट मृत्यु भएको यो संख्या अहिलेसम्म कै धेरै हो ।
प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेका छन् ।
योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।
Comment