समाज लघुवित्तको आइपीओ बाँडफाँड ,५ लाख ३९ हजारको हात खाली ( हेर्नुस् नतिजा) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

समाज लघुवित्तको आइपीओ बाँडफाँड ,५ लाख ३९ हजारको हात खाली ( हेर्नुस् नतिजा)



काठमाडाै । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आइपीओ) बाँडफाँड भएको छ । उक्त आईपीओ बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भएको हो । बाँडफाँडमा आठ हजार ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन्।

लघुवित्तको आइपीओमा ५ लाख ४७ हजार ३७० जना आवेदकबाट १ करोड १४ लाख ६४ हजार ९२० कित्ता योग्य आवेदन परेको थियो। जसमध्ये ५ लाख ३९ हजार ३०० जना आवेदकको हात खाली भएको छ।

आइपीओमा ५ सय जनामार्फत परेको ९ हजार ७६० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन भएको उक्त आईपीओमा ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको थियो । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो ।

संस्थाले ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको थियो ।

त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेको थियो ।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार १४:२६