माहामारीका बेला डिस होमको ठगी धन्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

माहामारीका बेला डिस होमको ठगी धन्दा



काठमाडाै । विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण कोरोना संक्रमणको जोखिम फैलिन नदिन भन्दै सरकारले लकडाउनको अवधि बढाउँदै गएको छ । सर्वसाधारण घरमा नै बसेर दिन कटाउन बाध्य भएका छन् । आम्दानीको स्रोट्ट घट्दै गएको छ ।

अझै घरमा बस्न बाध्य ग्राहकको समय बिताउने र सूचना लिने माध्यम टेलिभिजन भएको छ। लकडाउनको बाध्यात्मक परिस्थितीको मौकामा डिस होमले लुटको खेती चलाएकाे छ ।

टेलिभिनज तर नेपालमा नेपालकै सबै भन्दा ठूलो टिभी सेवा प्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम) ले भने आफ्नो बजारमा एकाधिकारको माैका छोपेर ठगी धन्धा चलाएको छ ।

बजारमा रिचार्ज कार्डको सटेज गराएर इलेक्ट्रोनिक्स माध्यमबाट खरिद गरीने कार्डमा मूल्यमा भारी मात्रामा वृद्धि गरेर ठगी धन्धा चलाएको हो ।

यसअघि इसेवा, आइएमी पे, खल्ती र कनेक्ट आइपिएस जस्ता इलेक्ट्रोनिक्स माध्यमबाट सामान्य कार्ड ३ सय ५० मा खरिद गर्दै आएका ग्राहकलाई अब सोहि कार्डको लागी एक हजार तिर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको छ । कोरोना महामारी सुरु भए यता डिसहोमले इलेक्ट्रोनिक्स रिचार्जमा दोस्रो पटक मूल्य वृद्धि गरेको हो। गत आसारमा डिस होम इलेक्ट्रोनिक्स रिचार्जको न्युनतम मूल्य ५ सय तोकिएको थियो। तर अहिले ग्राहकले सोझै १ हजार तिर्नुपरेको छ ।

लकडाउनले धेरै जसो सेवा प्रदायक कम्पनीले ग्राहकलाई बिभिन्न प्रकारका सुबिधा दिए पनि डीस होम भने कमाउ धन्दामा लागेको छ।


प्रकाशित : १३ भाद्र २०७७, शनिबार १३:२०